काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद्को असार २० को निर्णयअनुसार गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पदमुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पत्रअनुसार महाप्रबन्धक उपाध्यायलाई असार २० गतेबाटै पदमुक्त गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ उपरान्त वर्तमान सरकार गठनपूर्वका सबै प्रकारका राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय गरेको थियो । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया