मधेश प्रदेशका मुख्यमन्त्री राउत र बेलायती राजदूतबीच शिष्टाचार भेटघाट

लोकपथ
7
Shares

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटघाट भएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

भेटका क्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो । बेलायती राजदूत पोलिटले यसअघि जनकपुरधाम उपमहानगरको कुवारामपुरमा रहेको मिथिला पेन्टिङको ग्यालरीको समेत निरीक्षण गरेकी थिइन् ।

उनले निरीक्षणका क्रममा मिथिला पेन्टिङको प्रवर्द्धन र बजारीकरणका लागि बेलायतले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बेलायती राजदूत पोलिटले बेलायत सरकारको सहयोगमा मधेश प्रदेशमा सञ्चालित योजनाहरुको निरीक्षणसमेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?