सुनसरी । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हरिनगर गाउँपालिका–१ बस्ने ३६ वर्षीय सम्सेर आलमलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०७५ फागुन २७ गतेको फैसलाले उक्त मुद्दामा तीन महिना कैद र ७१ लाख ९० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले झुम्का कारागार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया