काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापारघाटा घटाउनेगरी नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक निर्देशन दिँदै प्रधानमन्त्री देउवाले व्यापारघाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् ।
‘हाम्रो व्यापारघाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापारघाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहास्,’ प्रधानमन्त्रीले बैठकमा भने ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशन गरे । उनले स्वदेशी उत्पानलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले व्यापारघाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारीसाधान, विद्युतीय चुलोलगायतको प्रयाग बढाउन पनि आग्रह गरे ।
‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनुपर्छ ।’
उक्त समीक्षा कार्यक्रममा वाणिञ्य मन्त्रालयका साथै राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया