पेट्रोलियम पदार्थको मूल्य बढेसँगै जनता महँगीको मारमा

चालू आर्थिक वर्षमै आठ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पछिल्लो समय वस्तुको मूल्य जनताको ढाड सेकिने गरी बढिरहेको छ । बढ्दो मूल्यवृद्धिका कारण आम मान्छेको जनजीवन कष्टकर बनेको छ । जता हेर्‍यो उतै महँगी ।

दैनिक मजदुरी गरेर गुजारा चलाइरहेका मजदुरहहरूको जीवनमा मूल्यवृद्धिले सबैभन्दा मार पारेको छ । खाद्यान्न, लत्ताकपडासहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको छ ।

मानव जीवनका लागि अत्यधिक आवश्यक पर्ने पेट्रोलियम पदार्थको पनि मूल्य अचाक्ली बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै व्यापारीहरूले अन्य दैनिक उपभोग्य वस्तुको पनि मूल्य बढाएका छन् । ढुवानी खर्च बढेको भन्दै व्यापारीहरूले कृत्रिम मूल्यवृद्धि गर्न थालेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् ।

ReporterNepal Updating you… » tarakari

काठमाडौंको गैरीधारा कोठा गरी बस्ने निर्मलाको परिवारमा पाँच जना छन् । दैनिक ज्यालादारी गरी बस्दै आएका उनीहरू मूल्यवृद्धिले गर्दा छाक टार्नै मुस्किल परेको गुनासो गर्छन् ।

‘महँगी पनि के साह्रो बढेको हो ? बिहान बेलुकीको छाक पनि के गरी टार्ने भन्ने चिन्ता लाग्न थालेको छ ।’ श्रीमान्–श्रीमती नै दैनिक ज्यालादारी गरेर बसेका उनीहरूलाई महँगीले मारमा पारेको छ ।

‘जता गयो उतै पैसा ! यो काठमाडौं त हामीजस्तो ज्यालादारी गरेर गुजारा गर्नेलाई बस्ने ठाउँ होइन रहेछ । हरेक बहानामा मूल्य बढाउँछन् । समस्यामा पर्ने त हामी गरिब नै त हो’, निर्मला गुनासो गर्छिन् ।

छोराछोरी पढाउन बसेका उनीहरूलाई अचेल भान्सा चलाउनै मुस्किल छ । तरकारीबजार गयो त्यही महँगो, अन्य खाद्यान्न सामग्री किन्न गयो त्यही महँगो । दुध, दही, तरकारी सबै चिजको भाउ बढेको छ उफ !’

उनको गुनासो नसकिँदै छेउमै बसेर सुनिरहेका छिमेकी श्यामले बीचमै कुरा काटे, ‘त्यही त नि के साह्रो महँगी बढेको ? अब त पेट्रोलको मूल्य पनि हप्तैपिच्छे बढ्न थाल्यो । महिनाभर दुःख ग¥यो तलब मोटरसाइकलमा तेल हाल्नै ठिक्क हुन्छ । केले खाने ? केले लाउने ?’

खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक «

 

यी त प्रतिनिधि पात्र मात्र हुन् । हिजोआज महँगीले अधिकांशको दैनिकी प्रभावित बनेको छ । दिनहुँजसो बढ्ने महँगीले सर्वसाधारणको जीवन कष्टकर बन्दै गइरहेको छ । तरकारीदेखि किराना पसलमा सर्वसाधारणहरू महँगी बढेको गुनासो गरिरहेका हुन्छन् ।

‘ग्राहक महँगी बढ्यो भनी गुनासो पोख्छन् । होलसेलबाटै भाउ बढेर आएको छ । अघिल्लो पटक ल्याएको सामान अर्कोचोटी लिन जाँदा मूल्य बढिसकेको हुन्छ’, निल सरस्वतीस्थान किराना तथा तरकारी पसल सञ्चालन गर्दै आएका रामनारायणको पनि गुनासो उस्तै छ ।

हरेक वस्तुको मूल्य बढेर आएको उनी बताउँछन् । मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यान नदिएको उनी गुनासो गर्छन् ।

Bijay kirana Pasal in the city Biratnagar

मूल्य वृद्धिमा पेट्रोलियम पदार्थको मूल्यले प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसको मूल्य बढ्दा ढुवानी खर्च पनि महँगो पर्न जान्छ । जसले गर्दा उपभोग्य वस्तुको लागत पनि बढ्न जान्छ ।

चालू आर्थिक वर्षमै आठ पटक बढ्यो

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको छ । सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारणले एक लिटर पेट्रोल किन्न १ सय ५५ रुपैयाँ खर्च गर्नुपर्छ । त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थ अत्यावश्यक छ । यसको मूल्य बढ्दा समग्र वस्तुको भाउ स्वतः बढ्दै जान्छ । चालू आर्थिक वर्षको ८ महिना बित्दा पेट्रोलियम पदार्थको मूल्यमा पनि ८ पटक नै वृद्धि भएको छ ।

UK petrol price jumps above £1.50 as oil costs rise - BBC News

 

नेपाल आयल निगमको तथ्यांक हेर्ने हो भने पछिल्लो माघयता मात्रै पेट्रोलियम पदार्थको मूल्यमा ५ पटक वृद्धि भएको छ । गत असार २८ गते १२८ रुपैयाँ पुगेको पेट्रोलको मूल्य भदौ ७ गते २ रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टीतेल पनि २ रुपैयाँले नै बढेर ११३ रुपैयाँ पुगेको थियो ।

त्यसपछि कात्तिक १२ गते ३ रुपैयाँले बढेको पेट्रोलियम पदार्थको मूल्य फेरि कात्तिक २४ गते ३ रुपैयाँले बढेको थियो ।

त्यसैगरी, क्रमशः माघ ५, १८ र फागुन ७ गते ३–३ रुपैयाँले बढ्यो । फागुन १९ गते ५ रुपैयाँले बढेको पेट्रोलियम पदार्थको मूल्य चैत २ गते पुनः ५ रुपैयाँले नै बढेर हालसम्मकै महँगो भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले नेपाली बजारमा पनि मूल्य वृद्धि गरिएको आयल निगम बताउँछ । तर यसरी पटक–पटक मूल्य बढ्दा आम नागरिकको जीवन भने कष्टकर बन्दै गइरहेको छ ।

कहिले कति बढ्यो ?

आयल निगम घाटामै
पटक–पटक मूल्य समायोजन गरे पनि आयल निगम भने घाटामै रहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै कच्चा तेलको मूल्यमा भारी वृद्धि भएकोले नै पेट्रोलियम पदार्थको मूल्य बढेको निगमले जनाएको छ ।

आयल निगममा ईआरपी प्रणाली «

निगमले पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम समेत भुक्तानी गर्न नसकेपछि सरकारले निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतका नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?