काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।
मंगलबार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्नसक्ने भएका हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाजतपत्र नवीकरण गर्न पनि झन्झटिलो हुनेगरेकाले डिजिटल माध्यम अपनाइएको बताए ।
यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोबाइलमार्फत सजिलै नवीकरण गर्न सकिने उल्लेख गरे।
अध्यक्ष सिलवालले डिजिटल नविकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया