काठमाडौँ, – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्ताङको स्याङ्बोचे सडक निर्माणका क्रममा खटिएका मजदूर चढेको टिपर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु हुन भएकमा दुःख व्यक्त गरेका छन् ।
कांँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
“दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । साथै घाइतेको शीघ्र स्वाथ्यलाभको कामना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया