काठमाडौं । रिलिजको मिति नजिकिँदै गर्दा चलचित्र ‘चक्कर’ टिमले ट्रेलर सार्वजनिक गरेको छ । अनुष्क रौनियारले निर्देशन गरेको यो फिल्म कम बजेटमा बनेको फरक स्वादको फिल्म भनिएको छ ।
यो फिल्ममा मुख्य गरी एभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, स्मृति पोखरेल, ऋचा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मको ट्रेलर नामजस्तै चक्करकै वरिपरि घुमेको छ । यसअघि फिल्मले गीत सार्वजनिक गरेको थियो भने गीत हिट पनि भएको थियो ।
फिल्ममा निर्देशक अनुष्कको लेखन र सम्पादन पनि छ । त्यस्तै फिल्मलाई रविन आचार्यले छायांकन गरेका हुन् भने संगीत संगम पन्त र पुष्प पलाञ्चोकेले दिएका छन् ।
यो फिल्मलाई छायांकार रविन आचार्यले निर्माण गरेका हुन् । नियमित बन्दै आएका फिल्मभन्दा फरक स्वादमा आफूले फिल्म निर्माण गरेको निर्देशकले बताए ।
फिल्म आउँदो साउन ४ गतेदेखि देशभर रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया