बेनेलीको ‘सोझै २५ हजार रुपैयाँ क्यास डिस्काउन्ट’ अफरको घोषणा

लोकपथ
77
Shares

काठमाडौं । इटालीको उत्कृष्ट बाइक बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै रु. २५ हजार क्यास डिस्काउन्ट’ नो सेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ।

नेपाली नयाँ वर्ष २०७९ का अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि रु. २५ हजारसम्मको नगद छुटको घोषणा गरेको छ। बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नेछन्। यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ।

इटालियन ब्रान्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ। बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन्।

सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५० सीसीदेखि ७५२सीसीसम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन्। बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ।

नेपालमा उपलब्ध बेनेलीका उत्पादनमा ‘टीएनटी१५’ आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती रहेको छ। जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस र ईएफआई (इलेक्ट्रोनिक फिउल इन्जेक्सन) छ। १८०एस आक्रामक तर आरामदायी छ। टीआरके२५१ प्यारालाल ट्विन इन्जिनसहित साहसिक यात्रा गर्नेहरुका लागि यसको डिजाइन गरिएको हो र अन्त्यमा ७५२एस, जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ।

बेनेलीले भर्खरै ९४ किलो तौलसहित थुप्रै सुविधाहरु रहेको Panarea 125 नेपालमा उपलब्ध गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?