ग्रीन भेन्चर्सको ३१ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ आजबाट

लोकपथ
1.8k
Shares

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको ३१ करोड २५ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) को बिक्री खुला भएको छ ।

कम्पनीको आज (मंगलबार)बाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३१ लाख २५ हजार कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।

निष्काशन एवं बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही चैत्र ११ गते र ढिलोमा यही चैत्र २२ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

यसरी बिक्री गरिने कुल सेयरमध्ये तीन प्रतिशत अर्थात् ९३ हजार सात सय ५० कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार दुई सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणमा बिक्री हुनेछ ।

कम्पनीका अनुसार खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?