‘पर्यटक’ लेखेको बसबाट अबैध समान बरामद

शम्भू माली / कपिलवस्तु । प्रहरीले कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार नाकाबाट प्रहरीले १ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । 

ना.५ ख. २०३० नम्बरको पर्यटक बसको सिट मुनी, पंखा र एसी राख्ने बाक्स भित्र लुकाई छिपाई ल्याउदै गरेको बसमा लेडिज सुट ९९ वटा र सटिगं सुटिगं ४८ वटा बिहीवार बिहान ५ बजे  नियमित चेक जाच गर्ने क्रममा सो कपडा भेटिएको हो ।

दिल्लीबाट पोखराको लागि बुधवार बिहान ९ बजे हिडेको बसमा पर्यटक लेखिए पनि सबै २२ जना नेपाली यात्रु मात्रै थिए । बसमा पर्यटकको बोर्ड लगाएर अवैध समान ओसार पसार गरि राजश्व क्षलि गरेको भन्दै भेटिएको समान मुद्दा प्रकृयामा गएको कृण्णनगर भन्सार कार्यालयले जनाएको छ । 

चेक गर्ने क्रममा बसको पंखा, एसि तथा अन्य ठाँउमा, लुकाई चोरी गरि राजश्व क्षलि गर्ने नियतले ल्याइएको समान बरामद गरि मुद्दा चलाइएको भन्सार कार्यालयले बताए । 
   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?