मेरो माइक्रोफाइनान्सको दुई दिवसीय समीक्षा गोष्ठी सम्पन्न

लोकपथ
221
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्सले दुई दिवसीय शाखा प्रबन्धहरुको समीक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ ।

संस्थाका केन्द्रीय कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ ।

संस्थाका विभागीय प्रमुखहरुले सहजीकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या , चुनौती तथा रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगति प्राप्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, नयाँ प्रडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैंकिङ सेवा विस्तारजस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

अर्का प्रशिक्षक जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले मानव जीवनलाई बाच्नका लागि आत्मशान्ति अत्यन्त जरुरी रहेको बताउँदै खुशीले बाँच्न, हाँस्न र रमाउन, योग, ध्यानमा केही समय खर्च गर्न आग्रह गरे । जसले कार्य सम्पादनमा निखार तथा सुधार ल्याउछ र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने बताए ।

समापन समारोहलाई सम्बोधन गर्नुहुदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले विगतको असहज परिस्थितिको सामनाबाट टाढा भएता पनि प्रतिस्पर्धी वातावरणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीहरुको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकोले रतिभर विचलित नभइ अघि बढ्न आह्वान गरे ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ६४ जिल्लामा १५० शाखा सञ्जालमार्फत करिब एक लाख ८० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?