सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जीपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षीया रञ्जिता देवी मण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्वयलाई एकैसाथ ठक्कर दिएको हो । जिपसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया