ललितपुर । ललितपुरको सातदोबोटो–चापागाउँ सडक स्थानीयले केही समयअघिबाट बन्द गरेका छन् ।
सडकमा धुलो उडेको भन्दै करिब ३० भन्दा बढी स्थानिय भेला भई सुनाकोठी बालकुमारी मन्दिर सडकमा बसेका कारण मुख्य सडक बन्द भएको प्रहरीले जानकारी दिएको छ ।
सडक बन्द हुँदा सवारी आवागमन अवरुद्ध भएको छ ।
सातदोबाटो–चापागाउँ चल्ने सवारीसाधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।
सवारीसाधन ड्राइभर्सनका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारीसाधनको निकै चाप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया