प्रचण्डले भने : महिला हक अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा योगमाया सामाजिक आन्दोलन अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको स्पष्ट पारे ।

राणा कालको कठोर समयमा पनि समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिएका योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्काल योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरिन् । उनले योगमायाको योगदानको उच्च कदर गर्दै आफू नेतृत्वको सरकारले उनको योगदानलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेको पनि स्मरण गराए ।बएा. डिला संग्रौलाले नेपालको सामाजिक र राजनीतिक जागरणको क्षेत्रमा

पुर्‍याएको योगदानको कदर गर्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?