तोकिएकै मितिमा चुनाव हुन्छ : प्रकाशमान सिंह

लोकपथ
42
Shares

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचन हुन्न कि भन्ने दोधारमा नपर्न आग्रह गरेका छन् । उनले चुनाव हुने कुरामा ढुक्क हुँदै घरदैलो सुरु गर्न कार्यकर्तालाई निर्देशन दिए ।

आज कांग्रेस बागमती प्रदेश कार्यालयको हेटौँडामा उद्घाटन गर्दै नेता सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घरदैलो अभियानलाई तीव्र बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

नेता सिंहले मतदाताको घरघरमा पुगेर उनीहरुको सुखदुःखमा सरिक हुँदै आवश्यक सुझावसमेत सङ्कलन गर्न सके मात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए । सिंहले चुनाव नजिकै आइसकेको उल्लेख गर्दै जनताको घर आँगनमा पुगेर जनताको अवस्था बुझ्नुपर्ने र जनहित हुनेखालका काम गर्नुपर्ने धारणा राखे । नेपाली कांग्रेसप्रति जनताको असन्तुष्टि भए तिनको सम्बोधन गर्नुपर्ने तथा पार्टीले सुधार्नुपर्ने कुरा भए गम्भीर भएर सुधारका लागि प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?