लागुऔषध र करणी मुद्दाका आरोपी पक्राउ

लोकपथ
42
Shares

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध गाँजासहित पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बस्ने २५ वर्षीय मनोज कुमारलाई आज प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा प्र ०३–०१–००६ ख १५१७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नाढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

उता ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

खत्रीमाथि ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आरोप छ ।

उक्त सूचना हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?