भारतको अनुदानमा ताप्लेजुङमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

लोकपथ
0
Shares

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ जिल्लाको सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन भएको छ ।

विद्यालय भवनको नेपालका तर्फबाट प्रतिनिधि सभाका सांसद योगेश भट्टराई र संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

No description available.

सो उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक/शिक्षिका, अभिभावक, छात्र÷छात्रा लगायतको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

No description available.

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा ३ करोड १० लाख रुपैयाँको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?