काठमाडौं । डाक्टर गोविन्द केसीको अनसनको विषयलाई प्रमुखताका साथ उठाएको नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ ।
केसीको जीवन रक्षा र माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
शुक्रबार दिउँसो १ बजेपछि संघीय संसदको बैठक बस्दैछ । सो बैठकमा कांग्रेसले प्रस्ताव दर्ता गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया