एन्फा विशेष साधारणसभा १५ चैतमा

लोकपथ
156
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका छन् । यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ ।

४ चैतमा पठाइएको पत्रमा (१) निर्वाचन समिति गठन सम्बन्धमा, (२) निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र (३) उम्मेद्वारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियो । महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेको पत्रमा (३) नम्बर बुँदामा ‘संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आ.व २०७७ र ०७८ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा’ भन्ने एजेन्डा थपिएको छ ।

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुईपटक स्थगित भएको थियो । एन्फाले ८ फागुनका लागि विशेष साधारणसभा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?