विमानस्थलबाट भारतीय नागरिक पक्राउ, शौच गर्न लगाउँदा निस्कियो १ किलो बढी सुन

लोकपथ
462
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार २ सय ६८ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

युनाइटेड अरब इमिरेट्स (दुवई) बाट मलद्वारमा लुकाएर ल्याएको अवैध सुनसहित भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरालाई पक्राउ परेका हुन् ।

आइतबार नेपाल एयरलाइन्समार्फत त्रिभुवन विमानस्थल आइपुगेका उनको गतिविधि शंकास्पद भएपछि उनलाई विमानस्थल गेटबाट पक्राउ गरि अनुसन्धान गरिएको थियो ।

सो क्रममा विमानस्थलको भन्सार क्षेत्र नजिकै रहेको शौचालयमा पुर्याइ शौच गर्न लगाउँदा निजको मलद्वारबाट हरियो रंगको टेपले बेरिएको सेतो रंगको प्लाष्‍टिक भित्र बेलनाकार बनाइएको अर्धठोस सुनको पोका थान(२ (दुई) को अन्दाजी तौल १२६८ ग्राम (प्लाष्‍टिक सहित), अन्दाजी मुल्य १,०८,४९,६४२ बराबरको सुन अबैध रुपमा लुकाई छिपाई राखिएको थियो ।

उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?