जाजरकोट । जाजरकोट–जुम्ला सडक खण्ड स्तरोन्ततिका लागि सरकारले बजेट विनियोजन गरेको छ । यहीअन्तर्गत सदरमुकाम खलंगा-पाँचकाटिया खण्डको पनि स्तरोन्नति भइरहेको छ। यसैबीच पाँचकाटिया–व्याउली ढुंगासम्म सडक स्तरोन्नतिका लागि पनि ५० करोड सुनिश्चित भएको छ ।
बहुवर्षीय ठेक्कामार्फत पाँचकाटिया–व्याउली ढुंगा सडक स्तरोन्नति गर्न लागेको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मुल्यांकन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिए । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्ला सडक जोड्का लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई पत्र पठाएको छ ।
तत्काल ठेक्का लगाएर काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मुल्यांकन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहको आग्रहमा सो बजेट सुनिश्चित गरी तत्काल कम गर्न पठाएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मुल्यांकन महाशाखाले जानकारी दिएको छ । चार वर्षअघिदेखि कच्ची कटान जारी रहेको उक्त सडकमा अब स्तरोन्नन्तिको काम निरन्तर हुन लागेको छ ।
अबको केही दिनमा बोलपत्र खोलेर काम अगााडि बढाउन लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुब झाले बताए ।
जाजरकोट–जुम्लाका लागि छिटो र छोटो मार्गका रुपमा हेरिएको यो सडक खण्ड जाजरकोटलाई विकासको मूलप्रवाहमा ल्याउने आशा गरिएको सडक समेत हो ।जजारकोट खलंगादेखि पाँचकाटियासम्म काम समेत सुरू भइसकेको छ । जाजरकोट–डोल्पा सडक, जाजरकोट–जुम्ला सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–जाजरकोट हुँदै रारा जोड्ने समेत जाजरकोट भएर जाँदा सडकको मध्ये भागमा जाजरकोट परिरहेको छ । यो पूर्वमन्त्री बस्नेतको चुनावी नारा समेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया