राजपा नेपालको अध्यक्ष मण्डलको व्यवस्था खारेज हुने

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) मा रहेको अध्यक्ष मण्डलको व्यवस्था खारेज हुनेभएको छ । पार्टीमा अब बहुपदिय व्यवस्था अनुसार महाधिबेशन गर्ने गरी छलफल भईरहेको छ । बिहिबारदेखी पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा शुरु भएको राजनीतिक समिति बैठकमा प्र्रस्तुत भएको पार्टीको बिधानमा अध्यक्ष मण्डलको व्यवस्था खारेज गरी लोकतान्त्रिक व्यवस्था हुने प्रस्ताव गरिएको छ ।

राजपा नेपालका सहअध्यक्ष एवं बिधान मस्यौदा समितिका सदस्य समेत रहेका लक्ष्मणलाल कर्णले बैठकमा प्रस्तुत गरिएको बिधानमा छलफल भईरहेको र महाधिबेशनबाट अध्यक्ष मण्डलको व्यवस्था खारेज हुने बताए । महाधिबेशन सम्म अध्यक्ष मण्डलको व्यवस्था कायम नै रहिरहने उनले बताए । बैठकमा प्रस्तुत गरिएको बिधान पारित भए पार्टीमा बहुपदिय व्यवस्था अनुसार निर्वाचन हुनेछ । साथै केही पदमा केन्द्रीय कमिटीले मनोनीत गर्ने व्यवस्था पनि हुने उनले बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?