काठमाडौँ – शेरबहादुर देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको आचारसंहिता लागू भएपछि गरेका नियुक्ति र बढुवा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै प्रदेश प्रमुखदेखि राजनीतिक नियुक्ति पाएका दर्जनौं व्यक्ति पदमुक्त हुने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको बैठकले देउवा सरकारका पालामा भदौ १४ पछि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्ति र मनोनयन बदर गर्ने निर्णय गरेको थियो ।
उक्त तीन महिना अवधिका सबै निर्णय बदर गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै देउवा नेतृत्वको सरकारले गरेका प्रदेश प्रमुखसमेत पदमुक्ति प्रक्रियामा गएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया