सिन्धुलीमा २८ केजी गाँजासहित दुई जना पक्राउ

लोकपथ
169
Shares

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा प्याकिङ गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?