सरकार किन यति निष्ठुर ?

काठमाडौँ- मानवशास्त्री सुरेश ढकाललाई दिनहुँजसो महांकाल–कीर्तिपुर ओहोरदोहोर गर्नुपर्छ । यस क्रममा सामना गर्नुपर्ने बाटोको हिलो–धूलोले उनलाई दिक्क पार्छ । संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्ने हक हुनेछ भनेर लेखिए पनि दिनहुँ लाखौं नगरवासीको फोक्सोमा धूलो र धूवाँका असंख्य कण छिरिरहेको देख्दा उनी जिल खान्छन् ।

‘अचेल बर्खाको बेला छ, हिलोले इज्जतै लिन्छ,’ उनी भन्छन्, ‘चाबहिलको बाटो त झन् बेहाल छ ।’ महांकाल पुग्न उनी गोपीकृष्ण हल हुँदै कपन जाने बाटो लाग्छन् । यो सास्तीका उनी प्रतिनिधि पात्र मात्र हुन्, उपत्यकाका आममानिस दिनहुँ यस्तै दु:ख भोगिरहेका छन् । धारामा पानी नआउनु त पुरानो कुरा भयो, यसमा गुनासो धेरैले गर्न छाडिसके तर सडकमा पानी जमेर हिँडडुल गर्नै नपाएपछि सर्वसाधारणले भन्न थालेका छन्, ‘हाम्रा प्रधानमन्त्रीले पानीजहाज यहीँ चलाए पनि हुने नि !’

यस्तो गुनासो समाजशास्त्री ढकाल स्वयं पनि गर्छन् । ‘हामी बलियो सरकार भएपछि विकास होला भन्ने आशा गथ्र्याैं, जनताको दु:खसुख सुनिएला भन्ने ठान्थ्यौं,’ उनले भने, ‘तर सरकारले पाएको दुई तिहाइ त काम नगर्न र अटेरी हुनलाई पो हो कि जस्तो भएको छ ।’ उनको विश्लेषणमा यतिखेर जनतालाई रेल र पानीजहाज होइन, खाल्डाखुल्डी नभएको बाटो र धूवाँ–धूलो नभएको हावा चाहिएको छ । ‘तर सरकारका आँखा भुइँमै छैनन्,’ ढकाल भन्छन्, ‘नत्र भने यो हदको सास्ती बाटामा हुने नै थिएन, सरकारले केही गरिसक्थ्यो ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?