काठमाडौं । ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको एक अङ्ग) शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा कार्यरत व्यावसायिक संस्था हो । विगत लामो समयदेखि युवा वर्गहरूको सीप विकास गर्न र आफ्नो रुचि भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरू आयोजना गर्दै आइरहेको छ ।
सकारात्मक सोच लिएर युवाहरूमा कौशल विकासका लागि काम गर्दै आएको संस्था ग्लोकलले उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्ने र रोजगारमूलक सीप सिकाउने गर्छ ।
गत वर्ष सयौँ युवाहरूले यस प्लेटफर्ममा विभिन्न सीपमूलक कार्यशाला एवं प्रतिस्पर्धामा उल्लेखनीय उपस्थिति जनाएका थिए । उनीहरूले नेपालकै पहिलो स्किल फेस्ट पनि अवलोकन गरेका थिए ।
यस वर्ष पनि संस्थाले स्किल वीक कार्यक्रमको नयाँ संस्करण ल्याइरहेका छ । स्किल वीक एकहप्ते कार्यक्रम हो, जसमा विभिन्न सीपमूलक तालिमहरूलगायत कार्यशाला, केस अध्ययन र मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिनेछ ।
कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई ‘स्किल वीक’ कार्यक्रम मार्च २१ देखि २७ सम्म सञ्चालन हुनेछ ।
१६ देखि ३० वर्षका व्यक्तिले निःशुल्करूपमा सहभागिता जनाउन सक्नेछन् र सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्नेछन् । यो युवाहरूका लागि एक खुला मञ्च हो । सम्पूर्ण आवेदन निःशुल्क हुनेछन् र युवाहरूले सीपका विभिन्न किसिम, यो क्षेत्र, बजारको माग एवं सीपको महत्वका बारेमा जानकारी पाउनेछन् ।
यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधि रहेका छन् ।
कार्यक्रमका मुख्य विशेषताहरू छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरञ्जन रहेका छन् ।
यो कार्यक्रमको प्रमुख साझेदारी नबिल बैंक रहेको छ भने रणनीतिक साझेदारका रूपमा बागमती प्रदेश, भारतीय राजदूतावास, दक्छयता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी, एफएनसीसीआई स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारको रूपमा एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट इन्टरनेट साझेदारको रूपमा लुप नेटवर्क, आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल, एयरलाइन्स साझेदारहरूको रूपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स, साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट, मनोरञ्जन साझेदारको रूपमा नेपाल आइस र अन्य सहयोगीहरू डिस होम गो, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन् ।
कार्यक्रमहरू :
२१ देखि २७ मार्चसम्म विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवं कार्यशाला प्रदान गरिनेछ ।
२६ मार्च– स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम एस इन्टिच्युट अफ म्यानेजमेन्टमा सञ्चालन गरिनेछ ।
२७ मार्च– समापन समरोहलाई लक्षित गरेर सीईवो अनप्लग्ड २०२२ नामक भव्य कार्यक्रम सञ्चालन गरिनेछ । सीईवो अनप्लग्ड ग्लोकलको वार्षिकरूपमा सञ्चालन गर्ने कार्यक्रम हो । यो एक फोरम हो जहाँ व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व र नवआगन्तुक व्यापारका पारखीहरूलाई मार्गनिर्देश प्रदान गरिन्छ । ‘टुडे मिट्स टुमरो’ यसको मुख्य नारा हो ।
सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ४ जना व्यक्तितत्वहरूलाई सीप पुरस्कारमार्फत सम्मनित गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया