महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग

लोकपथ
117
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उक्तरदायित्व कार्यत्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै यस महालक्ष्मी विकास बैंक साफेबगर शाखाले सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत साफेबगर स्थित श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।

श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच स्वच्छ खानेपानीकालागी एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको कुरा महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी गराए ।

क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको हो । सरसफइृ सामार्ग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रबिन्द्र बहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?