काठमाडौं-प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका पछिल्ला दुई निर्णयलाई स्वैच्छाचारी भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै अघिल्लो सरकारले कानुनी प्रक्रियाअनुसार गरेका नियुक्तिलाई बदनियतपूर्ण हटाएर कानुन उल्लंघन गरेको आरोप लगाए ।
बोर्ड, संस्थानलगायतमा भएका राजनीतिक नियुक्तिसहितका विषयमा सरकारले लिएको रबैया विधिलाई उल्लघंन गर्ने हिसाबले आएको भन्दै कांग्रेसले द्वन्द्वका लागि सरकारले प्रतिपक्षीलाई खुला आमन्त्रण गरेको जनाएको छ । नयाँ पत्रिका दैनिकले विस्तृत खबर छापेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया