काठमाडौँ – असारको पहिलो साता ९४ देखि १९ गते० यता मंगलबारसम्म नेपालमा तीनवटा ठूला एयरलाइन्सले १३ अर्ब रुपैयाँ हाराहारीका तीनवटा विमान थपेका छन् ।
कान्तिपुर दैनिकका अनुसार नेपाल सरकारलाई बुझाएको भन्सार महसुलसहित यी विमानको लागत कम्तीमा १४ अर्ब पुग्छ।
असार ४ गते निजी क्षेत्रको श्री एयरलाइन्सले करिब ८९ करोड रुपैयाँ हाराहारीमा क्यानडाली सीआरजे ल्याएको थियो भने १४ गते सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ११ अर्ब ८४ करोड हाराहारीमा एयरबसको ब्रान्ड न्यु ए३३० वाइड बडी विमान ल्याएको थियो।
त्यसैगरी मंगलबार निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब ७ करोड रुपैयाँमा ७२ सिट क्षमताको टर्बोप्रोप इन्जिनयुक्त एटीआर ७२–५०० विमान थपेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया