हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
221
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६० रुपैयाँ २७ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ दुई पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ तीन पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ मात्र रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?