सिरी ‘ए’ : युभेन्टस र रोमा विजयी

लोकपथ
84
Shares

काठमाडौं । सालेरनिटानामाथि २-० अन्तरको जित निकाल्दै युभेन्टसले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ ।

आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले एक-एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९ औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्टसलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा कुनै गोल नभएपछि युभेन्टसले सहज जित निकाल्यो ।

जितसँगै युभेन्टसको ३० खेलबाट ५९ अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६६ अंक छ । पराजित सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।

अर्को खेलमा रोमाले लाजियोलाई ३-० अन्तरले पराजित गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले गोल गरे ।

जितसँगै रोमा ५१अंक जोड्दै छैटौं स्थानमा उक्लदा लाजियो ४९ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?