केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

लोकपथ
266
Shares

काठमाडौं । नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन्।

लमजुङको मध्य नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रमूख प्रतिपक्षी दलका नेता केपी ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।

नेता पौडेलले भने, ‘दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभए। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टी भित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन्। उहाँमा बढि नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने… ।’

उनले निर्वाचनमा जनताले घोषणापत्रलाई हेरेर उम्मेद्वारलाई भोट दिने र घोषणालाई अनुमोदन गर्ने गरेको भए पनिदलले कहिल्यै पनि जनमतलाई कदर नगरेको समेत बताएका छन् । एमालेले पनि जनमतलाई नबुझेर दुई-दुई पटकसम्म संसद्को हत्या गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?