काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्धती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ ।
यसका लागि बैंकका मुद्धती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा वेभसाईट मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ ।
यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशतवा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया