काठमाडौं । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै धेरैको पद धरापमा परेको छ ।
सशस्त्रका ५ एआइजी :
जानकीराज भट्टराई
सुवोध अधिकारी
निराकारविक्रम शाह
खडानन्द चौधरी
राजेश श्रेष्ठले गृह मन्त्रालयको दबाव थेग्न नसकेर आज राजीनामा दिएका छन् ।
त्यस्तै पाँच एआईजी बाहेक पद गुमाउनेहरूमा विभिन्न सरकारी निकायको कुर्सीमा देउवा सरकारको पावरमा बसेकाहरु पनि परेका छन् ।
१. दिगम्बर झा, अध्यक्ष–दूरसञ्चार प्राधिकरण
२. युवराज भुसाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ’–राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
३. संगीता भण्डारी, उपकुलपति–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
४. चन्द्रसिंह साउद, प्रमुख कार्यकारी अधिकृत–नेपाल स्टक एक्सचेन्ज
५. मीनराज चौधरी, अध्यक्ष–गुठी संस्थान
६. नारायण चौधरी, प्रशासक–गुठी संस्थान
७. राजकुमार लामा, अध्यक्ष–बौद्धनाथ क्षेत्र विकास समिति
८. नरेन्द्रराज बस्नेत, अध्यक्ष–अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति
९. निकिता पौडेल, अध्यक्ष–चलचित्र विकास बोर्ड
१०. विष्णु मिश्र, अध्यक्ष–कर्जा सुरक्षण निगम
११. वसन्तप्रकाश उपाध्याय, महाप्रबन्धक–गोरखापत्र संस्थान
१२. गंगाधर पराजुली, अध्यक्ष–न्यूनतम पारिश्रमिक निर्धारण समिति
१३. नवीनकुमार झा, अध्यक्ष–घरेलु तथा साना उद्योग विकास समिति
१४. शालिकराम सिंह, अध्यक्ष–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्
१५. दक्ष पौडेल, सहअध्यक्ष–राष्ट्रिय सहकारी बोर्ड
१६. चन्द्रमणि पौडेल, अध्यक्ष–राष्ट्रिय परीक्षा बोर्ड
१७. भुपेन्द्रप्रसाद, अध्यक्ष–खानेपानी संस्थान (बोर्डका सदस्यसमेत)
१८. सुमन कर्ण, बाढी तथा डुबान नियन्त्रण आयोजना
१९. पर्यटन बोर्डका दीपक महत, कृष्णबहादुर महरासहित तीन सदस्य
२०. राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्षहरू
२१. देशैभरका नगरविकास समितिका अध्यक्षहरू
गत भदौपछि गरिएका सवै राजनीतिक नियुक्तिहरू खारेज गर्ने सरकारी निर्णयले प्रदेश प्रमुखहरूलार्इ पनि अप्ठ्यारोमा पारेको छ ।
कांग्रेसको गठबन्धमा सहभागी पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन नेकपा (माओवादी केन्द्र) समेतको संलग्नतामा पूर्ववर्ती सरकारले गत माघ ३ गते ७ वटा प्रदेशमा प्रमुखहरू नियुक्त गरेको थियो ।
त्यतिखेर कांग्रेसको सत्ता साझेदार माओवादी केन्द्र तत्कालिन प्रतिपक्षी नेकपा (एमाले) सँग एकीकृत भर्इ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समेटिएको छ।
तत्कालिन सरकारले प्रदेश प्रमुखका रूपमा
प्रदेश १ : गोविन्द सुब्बा
प्रदेश २ : रत्नेश्वर लाल कायस्थ
प्रदेश ३ : अनुराधा कोइराला
प्रदेश ४ : बाबुराम कुँवर
प्रदेश ५ : उमाकान्त झा
प्रदेश ६ : दुर्गाकेशर खनाल
प्रदेश ७ : मोहनराज मल्ललाई नियुक्त गरेको थियो । प्रदेश २ र ५ का प्रदेश प्रमुख बाहेक बाँकी कांग्रेस निकट पूर्वप्रशासक र (समाजसेवी) हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया