एमालेले बोलायो पोलिटब्युराे बैठक

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेले सोमबार पोलिटब्युराे बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए ।

९९ सदस्यीय पोलिटब्युराे बैठकमा चुनावी एजेण्डा के–के हुने रु उम्मेदवारको मापदण्ड कसरी तय गर्नेलगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ ।

उम्मेदवार पनि त्यही बैठकपछि टुंगो लगाइनेछ । त्यस्तै यही चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दै छ भने १३ गते स्थायी कमिटीको बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?