कोरोना अपडेट : ३२ सयमा झरे सक्रिय संक्रमित, कस्तो छ पछिल्लो अवस्था ?

लोकपथ
140
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर ४ हजार ६१ जनाको परीक्षण गर्दा २८ जनाको पीसीआर र ९ जनाको एन्टीजेन पुष्टि भएको हो ।

त्यस्तै देशभरबाट थप ३८२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६२ हजार ५ सय ८२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ मा झरेको छ ।

हालसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?