नेप्से परिसूचक १४.६७ अंकले गिरावट

लोकपथ
63
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँबराबरको कारोबार भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत निरन्तर रुपमा गिरावट हुँदै आएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको मात्रै १.६६ प्रतिशतले सूचक बढेको छ । तर होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

आइतबार नेप्से परिसूचक गिरावट आए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत् कम्पनी र विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?