वैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चिन्छौँ : अध्यक्ष ओली

लोकपथ
572
Shares

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँचदलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् ।

इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए ।

जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?