सोमबार पुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
195
Shares

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्ममा अल्पकालीन तथा दीर्घकालीन अवधिका तीनवटा ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने उक्त ट्रेजरीको जारी मिती भने चैत्र आठ गते तोकिएको छ । जारी हुने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ असार सात गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ असोज चार गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ चैत्र सात गते देखिएको छ । बिक्री हुने यी सबै ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यसअघि यही चैत्र एक गते पनि १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?