ओलीको कटाक्ष : ‘कम्युनिष्टहरुको खोल ओढेका अन्तरे जन्तरेले सरकार ढाले’

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीकै नेताहरुले कम्युनिष्ट नेतृत्वको सरकार ढालेको भन्दै कटाक्ष गरेका छन् ।

आइतबार इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले ठूलो कम्युनिष्ट पार्टीलाई फुटाएर, चोइट्याएर नेपालमा कम्युनिष्टलाई थप कमजोर पारेको बताए ।

‘एमालेले गरेको कामको शक्ति देखेर आत्तिए । जनताको बीचबाट एमालेलाई सम्भव भएन । त्यसपछि पार्टी फुटाउने, चोइटाउने गरे । दुई तिहाइमा पुगेका कम्युनिष्टहरुलाई ढाल्नका लागि
कम्युनिष्ट पार्टीको खोल ओडेका अन्तरे जन्तरेहरु नै लागे’, ओलीले भने ।

विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफ्नै पार्टीमा आएको भन्दै उनले स्वागत गरे ।

‘हामी चुनाव पर्खिरहेका छौँ । देशका विभिन्न भागमा प्रवेश गर्नुभएको छ । तपाइँहरु आफ्नो पार्टीमा आउनुभएको छ’, उनले भने ।

देशभर विभिन्न ठाउँमा पार्टी प्रवेशको कार्यक्रमलाई तीव्रता दिँदै आइरहेका ओलीले पाँच दलीय गठबन्धन नरित्तिएसम्म आफूहरु निरन्तर प्रवेशको कामलाई जोड दिने समेत बताए ।

ओलीले भने, ‘जबसम्म ५ दलीय गठबन्धनको भाँडो रित्तिँदैन तबसम्म खन्याइरहने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?