सुनसरीबाट २२१ केजी गाँजा बरामद

लोकपथ
63
Shares

सुनसरी । बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?