चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेलको पद चैट् !

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पद धरापमा परेको छ । 

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शेरबहादुर देउवा सरकारले भदौ १४ पछि गरेका निर्णय खारेज गर्ने  भएपछि बोर्डकी अध्यक्ष पौडेलको पद धरापमा परेको हो । 

यद्यपी उनलाई औपचारीक पत्र पठाइएको छैन । 

आधिकारिक पत्र प्राप्त नभएसम्म काम गर्ने ‘मुड’ बनाएकी पौडेल आज पनि कार्यालयमा उपस्थित भएकी छिन् । उनले साउन १ गते देखि बक्स अफिस लागू गर्ने तयारी गरेकी थिइन् । 

त्यस्तै बैठकले डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जनाको बढुवा खारेज गर्ने निर्णय गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?