काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुक दिएका राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तरगत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिहंले सो कुरा बताएका हुन् ।
आफ्नो पार्टीले देश र जनताको हित विपरितका सहयोग अस्वीकार गर्ने प्रस्ट पारेका छन् । त्यसैगरी राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रस्ट रहेको समेत बताए । अहिलेको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न समेत आग्रह गरे ।
त्यसैगरी नेता सिंहले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलतसन्देश गएको भन्दै त्यस्ता गलत हल्लाको विषयमा नागरिक सामु गएर बुझाउनु पर्ने बताउनु पर्नेमा जोड दिए ।
त्यसैगरी कम्युनिष्ट नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको कुरामा सबै सुसूचित हुनुपर्नेमा जोड दिए। चुनाव नजिक आईसकेकाले भ्रमको खेति गर्नेहरुका बारेमा मतदाताका घर घरमा पुगेर वास्तविकता बताउँदै नेपाली जनतालाई कांग्रेस नेतृत्वमा आजसम्म गरिएका उपलब्धि बुझाएर कांग्रेसको पक्षमा मत माग्न समेत कार्यकर्ता लाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया