काठमाडौं । काभ्रे तेमाल गाउँपालिका–१, आधाबाटोमा एक युवतीले आफ्नै भदैको हत्या गरेको खुलेको छ । यौनसम्पर्कको घटना लुकाउन फुपूको संलग्नतामा भदै एलिसा तामाङको बुधबार राति हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीमा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ ।
तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीया जोखन मन्सुर र फुपू २१ वर्षीया मिना तामाङलाई एलिसाले आपत्तिजनक अवस्थामा बाख्राको खोरमा भेटेकी थिइन् । आफूहरुको पोल खुल्ने डरले दुवै मिलेर एलिसाको हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले हत्यामा संलग्न दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया