उद्योग संघको अध्यक्षमा भट्टराई

लोकपथ
105
Shares

 

नेपाल उद्योग संघको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् ।

शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा डा. भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा इश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला, शोभाकान्त बस्याल, बिक्रमलिम्बु चेम्जोङ, प्रेम बस्नेत रहेका छन् ।
अन्य पदाधिकारीको पछि मनोनयन गरिने गरी अधिवेशनको बन्दसत्र समापन गरिएको निर्वाचन समितिका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?