ललितपुरबाट ११ जना जुवाडे पक्राउ

लोकपथ
7
Shares
file photo

अवैध रुपमा जुवा खेल्ने तथा खेलाउने कार्यक्रमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ललितपुर महानगरपालिका वडा नम्बर ८ मा जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

उनीहरुको साथबाट ७ लाख ४८ हजार नगदसहित तास, कौडालगायत पनि बरामद भएको बताइएको छ । प्रहरीले अभियुक्तहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?