सडक र सदन संघर्षमा कांग्रेस

काठमाडौं, २१ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्याग्रह आन्दोलनमा होमिएका डा। गोविन्द केसी र गंगामाया अधिकारीको सत्याग्रह आन्दोलनलाई समर्थन गरेको छ ।
बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले अनशनरत केसी र अधिकारीको आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको हो ।
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा। केसी जुम्ला पुगेर अनशनमा छन् । यता गोरखा फुजेल काण्डमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै राजधानीको वीर अस्पतालमा गंगामाया आमरण अनशनमा छिन् ।

कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले अनशनरत केसी र अधिकारीको मागमा कांग्रेसको समर्थन रहेको भन्दै मागबारे गम्भीर बन्न सरकारलाई चेतावनी दिए । उनले सरकार केसी र अधिकारीका माग सम्बोधन गर्न तयार नभए कांग्रेसले सडक र सदनबाट सशक्त संघर्ष गर्ने चेतावनी दिए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?