प्रधानमन्त्री देउवाद्वारा खिम्ती सब-स्टेसन उद्घाटन

लोकपथ
403
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब-स्टेसनको उद्घाटन गरेका छन् । शनिबार रामेछापको मन्थली नगरपालिका–१३ पुगेर प्रधानमन्त्री देउवाले देविटारमा निर्मित सब-स्टेसनको उद्घाटन गरेका हुन् ।

खिम्ती सब–स्टेसन २२० र १३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२० र १३२ केभीको सब–स्टेसन निर्माणको काम पूरा भएको हो ।

सो सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०–१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?