आजको मौसम : छैन उल्लेखनीय मौसमी प्रणाली

लोकपथ
7
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै पहाडी भूभागका एक दुई स्थानमा मेगगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?